२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


भारतीय निर्वाचन : भोट माग्न उम्मेदवारहरु नेपालमा !


0
Shares

काठमाडौं, चैत २० । भारतमा आसन्न लोकसभा निर्वाचनको सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै सीमा क्षेत्रका उम्मेदवारहरु भोट माग्नका लागि नेपालमा समेत आउने गरेको खुलासा भारतीय संचारमाध्यमले गरेका छन् ।

भारतीय अखबार दैनिक जागरणका अनुसार उत्तर प्रदेश राज्यका सीमावर्ती जिल्लाका उम्मेदवारहरु भोट माग्नका लागि सीमा छेउका नेपाली जिल्लाहरुमा धाउने गरेका छन् । नेपालमा भारतका हजारौं मतदाताको घरबार, व्यापार व्यवसाय रहेको र उनीहरु परिवारसहित नेपालमै बसोबास गर्दै आएको बताउँदै त्यस्ता मतदाता मतदानको केही दिनअघिमात्र भारतमा जाने भएकाले मत माग्नका लागि नेपालमै जानुपर्ने बाध्यता रहेको सो अखबारले जनाएको हो ।

उत्तर प्रदेशको महाराजगञ्ज, सिद्धार्थनगर, गोरखपुरलगायतका स्थानका भारतीय नागरिकमध्ये कयौंको दोहोरो नागरिकता रहेको सो अखबारले खुलासा गरेको छ । ‘उनीहरुको नेपालमा पनि व्यवसाय छ, उनीहरुको परिवार पनि नेपालमै बस्छन्,’ अखबारले लेखेको छ, ‘यस्तोमा मतदाताहरुलाई आफूतिर आकर्षित गर्न प्रत्यासीहरु नेपालको चक्कर लगाइरहेका छन् ।’