
सिन्धुली । सिन्धुलीका वनमा काठहरु वनमै नासिन थालेका छन् ।
सिन्धुलीको डिभिजन वन कार्यालय अन्तर्गत गठन भएको आपूर्ति समितिले स्थानीय बासिन्दालाई काठ सहज रुपमा बिक्री गर्न नसक्दा जिल्लाका कमला र मरिण क्षेत्रमा हजारौं क्युफिट काठ वनमै नासिन थालेका हुन् ।
प्रचलित वन ऐन र कानून सरल र सहज हुन नसक्दा सिन्धुलीको मरिणखोला क्षेत्रका डाँडी गुराँसे, कल्पवृक्ष, महेन्द्रझयाडी, पिपलमाडी लगायत एक दर्जनभन्दा बढी सामुदायिक वनहरुमा काठहरु सडेर जान थालेका छन् ।
जसका कारण करोडौंको सरकारी राजस्वसमेत नोक्सान भइरहेको छ । चुरेभावर क्षेत्र आसपासका जंगलमा अलपत्र रहेका साल जातका काठहरु डढेलाको जोखिममा छन् ।
सामुदायिक वनहरुमा बहुमुल्य काठ सडेर जाँदासमेत सम्बन्धित सरकारी कार्यालयले भने बिक्रीको पहल गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्