Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राष्ट्रिय विकास परिषदको बैठकले १५औं योजनालाई अन्तिमरुप दिने


0
Shares

काठमाडौं, चैत १९ । राष्ट्रिय विकास परिषदको बैठकले दीर्घकालीन सोचसहित १५औं योजनाको खाकालाई अन्तिमरुप दिने भएको छ ।

बुधबार र बिहीबार दुई दिन काठमाडौंमा बस्ने बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको मस्यौदा आधारपत्रमाथि छलफल गरी अन्तिमरुप दिने भएको हो ।

परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बस्ने बैठकमा सभामुख, मन्त्रीहरु, आयोगका उपाध्यक्ष, मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापतिहरु, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरु तथा सरकारले परिषद सदस्यमा मनोनीत गरी २५ जना सहभागी हुने आयोगले जनाएको छ ।

आयोगले समुन्नत, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गर्दै २५ वर्षे विकास रणनीति बनाएको छ ।

यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो ।

बैठकले सोही योजनाको आधारपत्रको मस्यौदालाई अन्तिमरुप दिने आयोगले जनाएको छ ।