Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


हावाहुरी प्रभावितलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले एक दिनको तलब दिने


0
Shares

कैलाली, चैत १९ । सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकले शोकप्रस्ताव पारित गरेको छ ।

प्रदेश नम्बर–२ का बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको निधन भएकोप्रति शोक व्यक्त गर्दै प्रदेशसभा बैठकले शोकप्रस्ताव पारित गरेको हो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले एक दिनको पारिश्रमिक बराबरको रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने जानकारी गराइएको छ ।