काठमाडौं, चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।
६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिने बताए ।
अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गरिने भन्दै प्रधानमन्त्री ओलीले कृषकहरुलाई अग्र्यानिक खेतीतर्फ लाग्न सुझाव दिए ।
‘सहकारीको संख्या आधा कम गर्ने योजना’
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीहरु बजारकेन्द्रित भएकाले गाउँका कृषक लाभान्वित हुन नसकेको भन्दै सहकारीहरुलाई गाउँमा केन्द्रित हुन आग्रह गरिन् ।
सहकारीहरु धेरै भएकाले गाभेर पाँच वर्षभित्र सहकारीको संख्या आधा कम गर्ने योजना रहेको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्