Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पटान्गिनी मन्दिरमा प्राचीन सम्पदा संरक्षण अभियान


13
Shares

काठमाडौं, चैत १९ । काठमाडौंको एट्खाटोलस्थित पटान्गिनी मन्दिरमा प्राचीन सम्पदा संरक्षण अभियान सुरु भएको छ ।

अभियानअन्तर्गत् मंगलबार मन्दिरमा घन्ट स्थापना गरिएको छ ।

वडा नम्बर–१६ का वडाध्यक्ष शशीलाल श्रेष्ठले सहयोगमा घन्ट स्थापना गरिएको हो ।

श्रेष्ठले हनुमानढोका संरक्षणका लागि ८ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा सभासद जीवनराम श्रेष्ठले परम्परागत धरोहर संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।