कैलाली । नेपाल भ्रमण वर्ष २०२० र कैलाली भ्रमण वर्षलाई लक्षित गरि कर्णाली नदीमा ‘कर्णाली र्याफ्टिङ जेम्बोरी–२०१९’ बृहत जलयात्रा हुने भएको छ ।
जलयात्रामा १ सय ११ वटा र्याफ्टिङबाट १ हजार १ सय ११ जनालाई सहभागी गराई विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राखिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
कैलालीको सोल्टादेखि चिसापानीसम्म २३ किलोमिटरको जलयात्रामा भारत र तेस्रो मुलुकबाट समेत पर्यटक आउने बताइएको छ ।
जलयात्रा चैत्र २३ गतेदेखि २५ गतेसम्म आयोजना गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्