Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


स्थानीय तहका अधिकांश कार्य संचालन भाडाकै घरबाट


0
Shares

धनकुटा । धनकुटाको शहीदभूमि र छथर–जोरपाटी गाँउपालिका स्थापना भएदेखि नै भाडाको घरबाट संचालित छन् ।

तर गाउँपालिका केन्द्रको कार्यसञ्चालन भाडाको घरबाट भइरहे पनि सोही गाउँपालिका मातहतका वडा कार्यालयहरु भने आफ्नै भवनमा छन् ।

जनप्रतिनिधिका कार्यकक्षसहित कार्यपालिका बैठक कक्ष, केन्द्रको प्रशासनिक र विषयगत कार्यालयहरुको कार्यसंचालन भाडाकै घरबाट भइरहेको छ ।

साँघुरो कोठाहरु, कार्यालयमैत्री भवन नहुँदा कार्यसंचालन गर्न असहज भएको शहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

शहीदभूमि गाउँपालिमा ७ वटा वडा रहेका छन् । अधिकांश वडा साविक गाउँ विकास समितिको भवनमा संचालित छन् ।

भवन नभएका वडा कार्यालयको अहिले धमाधम भवन निर्माण गरिरहेका छन् ।

यता ६ वडा रहेको छथर–जोरपाटी गाँउपालिका पनि भाडाकै घरबाट संचालित छ । तर यहाँका पनि प्राय सबै वडा कार्यालय आफ्नै भवनमा छन् ।

गाउँपालिकाको लागि जग्गा प्राप्त भइसकेकाले अब निर्माणको कार्य सुरु गरिने अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिए ।