Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिमन एक लाख २० हजारमा किनेबेच भएको अलैंची २३ हजारमा झर्‍यो


0
Shares

इलाम । इलामको मुख्य नगदे बाली अलैँचीको मूल्य आठ वर्ष यताकै कम भएको छ ।

कुनै समय प्रतिमन एक लाख २० हजार रुपैंयाँ सम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन २३ हजारमा किनेबेच भइरहेको छ ।

अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान निराशा छन् ।

प्रतिमन ३२ हजार रुपैंयाँमा खरीद गरेको अलैंची बिक्री गर्ने बेलामा मूल्यमा गिरावट हुने भएपछि आफूलाइ घाटा भएको व्यापारीहरु बताउँछन ।

अलैँची कारोबार हुने मुख्य सिजन असोज, कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैँची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै वेच्न बाध्य भएको किसानहरु बताउँछन् ।

नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर नेपाल र भारत दुबै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैंची व्यवसायी बताउँछन ।

हाल जिल्लामा १६ सय हेक्टर जग्गामा अलैची खेती हुने गरेको अलैँची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ । 

 

Skip This