काठमाडौं, चैत १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोमबार यस सेन्टरको शुभारम्भ गरेका हुन् ।
वैदेशिक रोजगारीबारे गुनासो सुन्न यस सेन्टरको स्थापना गरिएको हो ।
सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित कुनैपनि समस्या तथा गुनासो टिपाउन सकिने र मन्त्रालयले यसको तत्काल सम्बोधन गर्ने मन्त्री विष्टले बताए ।
कल सेन्टरमा ११४१ वा टोल फ्री नम्बर १६६००१५०००५ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रविधिको प्रयोगमा जोड दिइएको दाबी गरिएको यो सेवाका लागि विदेशमा भएकाले इमेल, फेसबुक, म्यासेन्जर, भाइबरजस्ता अनलाइन नेटवर्कबाटसमेत सम्पर्क गर्नसक्ने मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्