Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


औद्योगिक क्षेत्रमा देखिएको अन्योलता चाँडै हल गरिन्छ : अर्थमन्त्री


0
Shares

बुटवल, चैत १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्योलतालाई चाँडै नै हल गर्ने बताएका छन् ।

सोमबार बुटवलमा नेपाल सुनचाँदी व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले औद्योगिक व्यवसाय ऐन संशोधन गरेर चाँडै नै औद्योगिक क्षेत्रमा देखिएका समस्यालाई हल गर्ने बताए ।

सुनको आयात र निर्यातका लागि सुन बैंक स्थापना गर्नुपर्ने खतिवडाको भनाइ थियो ।