२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


भीषण हावाहुरीबाट प्रभावित बारामा उद्धार कार्य जारी, हेरौं कहालीलाग्दो दृश्य


0
Shares

बारा । गएराति आएको भीषण आँधीग्रस्त वारा र पर्सामा भएको क्षतिको लगत संकलन र उद्धारका कार्यहरु धमाधम भइरहेको छ ।

असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा मानवीय हताहति भएको हो ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

भण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घरहरु भत्किएका छन् । सयौं कच्ची घरका  छानाहरु आँधीले उडाएको छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ ।

त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा धेरै मानवीय क्षति भएको छ ।

घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि  प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएको थियो ।

उद्धारकार्य अहिले पनि जारी छ । घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् ।

हावाहुरीमा परी कम्तिमा २७ जना व्यक्तिको मृत्यु भइसकेको छ भने बारामा मात्रै २६ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

६ सय भन्दा धेरै व्यक्तिहरु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।