Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सनराइज बैंक लिमिटेडको ठेंचो शाखा विस्तार


0
Shares

काठमाडौं, चैत १७ । सनराइज बैंकले ललितपुरको ठेंचोमा शाखा विस्तार गरेको छ ।

बैंकको १०४ औं शाखाको आइतबार गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

योसमेत बैंकको शाखा संख्या १०४ वटा पुगेको हो । यसका साथै बैंकले नेपाल भर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।