Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुदूरपश्चिममा थप १६३ जनामा कोरोना पुष्टि


0
Shares

बिराज रोस्यारा (इमेज)
कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा शनिबार १६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ९२, धनगढीस्थित प्रयोगशालामा ६९ र काठमाडौंको त्रिवि शिक्षण अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डोटीका नौ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका पाँच महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका अरु दुई पुरुषमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

धनगढीस्थित प्रयोगशालामा शनिबार ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनकाअनुसार डडेल्धुराका २७, कैलालीका २४, डोटीका ११, अछाम, बैतडी र बझाङका दुई/दुई र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५८ पुरुष र महिला ११ रहेका छन् ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९४८ पुगेको छ ।

कोरोना संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ । १२४ जना निको भएर घर फर्किइसकेका छन् ।