Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


३१ कम्पनीको शेयर खरीदका लागि ऋण सुविधा


0
Shares

काठमाडौं, चैत १७ । नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो । 

स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो । स्टकले कम्तीमा १० हजार शेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोवार दिनमा शेयर कारोवार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन कारोवार सुविधा योग्य धितोपत्रको रुपमा तयार हुने व्यवस्था गरेको छ । 

मार्जिन कारोवार योग्य धितोपत्रको कारोवारका लागि दलाल व्यवसायी र लगानीकर्ता सूचीकृत सङ्गठित संस्थालाई आवश्यक जानकारीका लागि भन्दै स्टकले आज केही कम्पनीको सूची सार्वजनिक गरेको छ ।

स्टकले सार्वजनिक गरेको सूचीमा ११ वाणिज्य बैंक, ६ विकास बैंक, नौ लघुवित्त कम्पनी, तीन जलविद्युत् कम्पनी, एक होटल र अन्यमा नेपाल टेलिकम रहेको छ । (रासस)