Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लगानी सम्मेलन काठमाडौंमा सम्पन्न, १५ ओटा आयोजनामा लगानी सम्झौता


0
Shares

काठमाडौं, चैत १६ । दुईदिने लगानी सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

सम्मेलनमा १५ ओटा आयोजनामा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्मेलनमा चौधरी समूह र सर्राफ समूहबीच मल्टिपर्पोज सेन्टर निर्माणमा सहमति भएको छ ।

त्यसैगरी, चौधरी समूह र स्काई पावरले ६०० मेगावाट सोलार प्लान्ट निर्माणका लागि सम्झौता गरेका छन् ।

सम्मेलनमा सिजी र ट्रकसेलबीच फाइभजी मोबाइल सेवा विस्तारमा सहमति भएको छ ।

सिजी र प्रदेश नम्बर–२ सरकारबीच २०० मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्झौता भएको छ ।

भारतको सतलज कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा एसबीआई बैंक, एभरेस्ट बैंक र नबिल बैंकले लगानी गर्ने सम्झौता भएको छ ।

त्यसैगरी, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कोरियाली कम्पनीले ६१५ मिलियन डलर लगानी गर्ने सम्झौता भएको छ ।

यसैगरी, कालिगन्डकी गर्ज आयोजना, बारा सेज, हिमालय बुटिक रिसोर्ट बनेपा, गैरआवासीय नेपालीको पूर्वाधार कोष र वायर हाउस निर्माणका लागि निम्बससँग लगानी सम्झौता भएको छ ।

यसैगरी, म्यानमारका कन्ट्राक्टर र नेपालका निर्माण व्यवसायी महासंघ, आइबीएन इन्भेस्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य भएको छ ।

भारतको मुथुत फाइनान्स र युनाइटेड फाइनान्स र एपी पावरबीच जलविद्युत्, सौर्य र वायुऊर्जामा लगानी गर्ने सम्झौता भएको छ ।

लगानी सम्मेलनमा १७ ओटा परियोजनामा विदेशी लगानीकर्ताले चासो देखाएका छन् । उनीहरुले आवेदन नै हालेर यी परियोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १७ ओटा परियोजनामा लगानीको प्रस्ताव आएको र १५ ओटा परियोजनाका लागि सम्झौता भएको जानकारी दिए ।

सरकारले सम्मेलनका लागि ७७ ओटा परियोजना ‘सो–केस’मा राखेको थियो भने सम्मेलनमा ४० देशका ७३५ जना प्रतिनिधि र नेपालका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।