संखुवासभा, चैत १६ । संखुवासभाको भोटखोला गाउँपालिकाको कार्यालयमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
मध्यराति १२ बजेतिर गरिएको आगजनीबाट कार्यालयका सम्पूर्ण सामानहरु जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदलयात्रामा पुग्न सकिने भएकाले क्षतिको सम्पूर्ण विवरण आउन बाँकी छ ।
घटनास्थलमा तारजडित प्रेसरकुकर रहेकाले उक्त वस्तुको पहिचान गर्न धनकुटाबाट नेपाली सेनाको टोली त्यसतर्फ जाँदै गरेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्