
काठमाडौं, चैत १६ । नेपाल पत्रकार महासंघले शनिबार आफ्नो ६४औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार महासंघमा रहेर योगदान पुर्याएका १३ जनालाई सम्मान गरियो ।
सम्मानित हुनेहरुमा राधा बुढाथोकी, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, यज्ञ शर्मालगायत छन् ।
यस्तै, महासंघकै तीनजना पूर्वउपाध्यक्ष यशोदा तिम्सिना, अनिता विन्दु र खिलबहादुर भण्डारीलाई पनि सम्मान गरिएको छ ।
यस्तै, महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पोषण केसी, ओम शर्मा र उजीर मगरलाई पनि सम्मान गरियो ।
महासंघका कास्की र सुनसरी शाखालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा महासंघले आयोजना गरेको फुटसल प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रेस संगठन नेपाल विजेता, प्रेस युनियन उपविजेता र इमेज टेलिभिजन तेस्रो स्थानको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्