पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा १६ औं फेवा नव वर्ष महोत्सव हुने भएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ वर्षको सन्र्दभसंगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र फेवा तालको संरक्षण गर्ने उद्धेश्यले महोत्सव गर्न लागिएको जानकारी गराएको छ ।
जाउँ है पोखरा भन्ने नारासहित चैत्र २९ देखि ३ दिनसम्म चल्ने महोत्सवमा दुईलाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवमा सहयोग पु¥याउन चितवन,जनकपुर, लुम्बिनी,इलाम,धरानलगायत शहरमा पोखराको पर्यटकीय महत्वबारे विशेष अभियान सञ्चालन गरिएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले प्रत्येक वर्ष दश लाख पर्यटक भित्रने पोखरामा महोत्सव पछि यो संख्या १२ लाख पुग्ने दाबी गरे ।
महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,साँस्कृतिक झाँकी,प्रदेशस्तरीय नृत्य,पर्यटक दौड,डुंगा दौड आदि आकर्षणका रुपमा रहनेछन् ।









प्रतिक्रिया दिनुहोस्