३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आगामी बर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम


0
Shares

काठमाडौं, असार २४ । सरकारले आगामी बर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने जनाएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै जिल्लामा बीमा कार्यक्रम लागू गरिने जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको उनको भनाइ थियो । हाल स्वास्थ्य बीमा कार्यक्रम २३ जिल्लामा सञ्चालित छ ।

मन्त्री यादवले स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रुपमा काम गर्न लागेको पनि बताए ।