Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


महिला उद्यमी हस्तकला व्यापार मेला सुरु


0
Shares

काठमाडौं, चैत १५ । महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा महिला उद्यमी हस्तकला व्यापार मेला सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा महिला उद्यमशीलता संस्थाले काठमाडौंको हनुमानढोकामा मेला आयोजना गरेको हो ।

महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रमअन्तर्गत् मेला आयोजना गरिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बताइन् ।

तीन दिनसम्म चल्ने मेलामा हस्तकलाका १०० भन्दा बढी स्टल राखिएका छन् ।