
काठमाडौं, चैत १५ । प्रदेश नम्बर–२ मा एसइई परीक्षाको प्रश्नपत्रहरु परीक्षाअगावै धमाधम बाहिरिएपछि सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार परीक्षाअगावै विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भइसकेको छ ।
शिक्षा मन्त्रालयको शुक्रबार बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय परीक्षा बोर्डलाई चैत २१ गतेसम्म तय भएका बाँकी परीक्षा स्थगित गर्न निर्देशन दिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
प्रश्नपत्र बाहिरिनु अत्यन्त दुःखद् र आपराधिक भएको भन्दै उनले गृह मन्त्रालयको निर्देशनबमोजिम अनुसन्धान टोली खटाइसकेको र आगामी परीक्षालाई व्यवस्थित बनाइएने पनि बताए ।
लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको एसइई परीक्षाको प्रश्नपत्र बाहिरिनु गम्भीर भएको भन्दै मन्त्री पोखरेलले दोषी जोसुकै भएपनि कारबाही गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्