२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक २५ । १६औ अन्तर्राष्ट्रिय विज्ञान दिवस नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘विज्ञान केन्द्र र विज्ञान संग्रहालयहरुको उत्सव मनाऔं’ भन्ने नारासहित मनाइएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न नसकेको बताए ।

देश विकासका लागि विज्ञान र प्रविधिको निकै खाँचो भएपनि यो क्षेत्र अझै पछाडि परेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका सभासद तथा विकास समितिका सदस्य रवीन्द्र अधिकारीले नेपालमा उत्पादन भएका इन्जिनियरहरुलाई सरकारले काम दिन नसकेको भन्दै प्राविधिक काममा नभइ फाइल पल्टाउने काममामात्र उनीहरुले समय बिताएको बताए ।

नेपालमा विज्ञान तथा प्रविधिमा स्नातक गरेकाहरुको संख्या ४४ हजार रहेको तथ्यांक छ । तर, उनीहरुले अवसर नपाउँदा पलायन भइरहेका छन् ।