२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


एसइईको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं, चैत १५ । शिक्षा मन्त्रालयले एसइई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ ।

प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको एसइई उच्चस्तरीय सुरक्षा समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको शिक्षासचिव खगराज बरालले जानकारी दिए ।

शिक्षासचिव बरालले एसइई परीक्षा प्रणाली नै ‘फेल’ गराउन सांगठनिकरुपमा अपराध हुन थालेको टिप्पणी गरे ।

प्रश्नपत्र रुजु गरेको तथ्यांक आज दिनभरिमा निकाली शुक्रबारै साँझ ६ बजे फेरि बैठक बस्ने मन्त्रालयले जनाएको छ ।