२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


प्रश्नपत्र आउट प्रकरणः दुई नम्बर प्रदेशले लगायो संघीय सरकारलाई दोष


0
Shares

जनकपुर । प्रदेश नम्बर २ मा एसईई परीक्षामा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले यसको दोष संघमाथि लगाएको छ ।

लगातार प्रश्नपत्र ‘आउट’ भई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित बनिरहेका बेला प्रदेश सरकारका मूख्यमन्त्री र कानुनमन्त्रीले यसमा केन्द्र सरकारका अधिकारीहरु दोषी रहेको आरोप लगाएका हुन् ।

प्रदेश सरकारका मूख्यमन्त्री लालबाबु राउतदेखि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रश्नपत्र ‘आउट’ गराएर प्रदेश सरकारलाई बदनाम गराउन खोजिएको आरोप लगाएका हुन् ।

एसईई परीक्षामा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएको घटनामा प्रदेश नम्बर २ का प्रायः सबै जिल्लामा विद्यार्थी आन्दोलित भएकै समयमा प्रदेश सरकारले यसको दोष भने केन्द्र सरकारमाथि लगाएको हो ।

लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको आरोप मूख्यमन्त्री राउत र कानुनमन्त्री यादवले लगाएका हुन् ।

बिहीवार र शुक्रवार क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउत र कानुनमन्त्री यादवले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।

परीक्षा प्रदेश सरकारले नभई केन्द्र सरकारका निकायले नै गराएकाले दोष पनि केन्द्र सरकारले नै लिनुपर्ने उनीहरुको भनाइ छ ।

घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग माग गरेको छ । प्रदेश २ लाई बदनाम गराउन र संघीयतालाई नरुचाउनेहरुबाट यो षडयन्त्र भएको दुबैको जिकीर छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले त प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको जिकीर सकेत गरेका छन् ।

संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग उनले गरेका छन् ।