
सुर्खेतस्थित प्रयोगशाला । फाइल तस्वीर ।
सुर्खेत, असार ६ । कर्णाली प्रदेशमा शनिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको ‘पीसीआर’ परीक्षणमा ४६ जना संक्रमित फेलापरेका हुन् ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १९ जना, जाजरकोटका एकजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सल्यानका २६ जनाको ‘रिपोर्ट पोजिटिभ’ आएको जनाइएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २४५ पुगेको छ ।
शनिबारै सुर्खेतमा नौजनाले कोरोना जितेका छन् । प्रदेशमा हालसम्म ५१७ जनाले कोरोना जितेका छन् ।








प्रतिक्रिया दिनुहोस्