
-सिता पाण्डे, ईमेज
पाल्पा, कात्तिक २८ । पाल्पा अर्गलीका सागर पाण्डे सर्प बचाउ अभियानमा लागेका छन् । चार बर्षको अवधिमा उनले तीन सयभन्दा बढी सर्प बचाइ सकेका छन् ।
सर्प देखेर नडराउने मानिस कमै हुन्छन् । तर पाल्पा अर्गलीका सागर पाण्डे सर्पलाई समातेर सजिलै खेलाउने गर्छन् ।
आफ्नै ६ महिनाकी बहिनी सुतिरहेको बेला नजिकै सर्प देखेपछि बहिनीलाई बचाउन उनले आफ्नो ज्यानको बाजी लगाएर सर्प समातेपछि उनी अहिले जुन सुकै सर्पलाई पनि सजिलै समात्न सक्ने भएका छन् ।
चार बर्ष अघि देखि सर्प समाउने र बचाउने अभियानमा लागेका सागरले अहिलेसम्म गाउँघरबाट तीन सयभन्दा बढी सर्प बचाइसकेको बताउंछन् ।
सर्प समाउने कुनै अनुभव र तालिम नलिएका सागरले उभयचर र सरीर्सप सम्बन्धी लेखिएको थेसिस पढेकै भरमा यस्तो जोखिम काम गर्न सफल भएका हुन् ।
पाल्पा, गुल्मी, स्याङ्जा र कास्की जिल्लाबाट समेत घरमा पसेको सर्प समात्न बोलाउने गरेको पाण्डे बताउँछन् ।
नेपालको प्रचलित कानुनमा सर्पलाई हानी नोक्सानी गर्ने र मार्ने व्यक्तिलाई कानुन बोमोजिम सजाए हुन्छ । कतिपय मानिस सर्प देख्ने वित्तिकै डरले मार्ने गर्छन् तर सजायंको बारेमा जानकार हुंदैनन् ।
सबै प्रजातिका सर्प एकै प्रकारका हुंदैनन् भन्ने भाव जगाउन उनले सर्प बचाउ अभियान नै संचालन गरिरहेका छन् ।
जसमा सर्प बचाउन उनले मेला, पर्व र महोत्सवमा आफ्नो कला देखाउने गरेका छन् । उनको सर्प बचाउ अभियानमा परिवारले समेत सघाउने गरेका छन् ।
सर्पले आखाले देख्छ तर सुन्दैन । हिन्दु धर्ममा सर्पलाई देवता मानेर नाग पञ्चमीका दिन पुजा गर्ने गरिन्छ ।
पहाडी क्षेत्रमा गोमन, चिचिन्ने, हरियो र कपरहेड सर्प पाइने गर्दछ । सर्प आफैंमा मानिसको सत्रु होइन् तर यसलाई छुने, जिस्काउने र चलाउने गरे मात्र टोक्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्