१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


रुकुमको डिग्रेशाई कुमारी भगवती मन्दिरमा मेला


0
Shares

रुकुम, कात्तिक २८ । राप्ती अञ्चलकै प्रसिद्ध रुकुमको डिग्रेशाई कुमारी भगवती मन्दिरमा मेला लागेको छ ।

हरिवोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा दर्शन गर्न आउने भक्तजनको घुँइचो लागेको छ ।

रुकुमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अवस्थित मन्दिरमा सल्यान, दाङ, सुर्खेत, जाजरकोट, म्याग्दी, बाग्लुङ, रोल्पा लगायतका जिल्लाका भक्तजन आउने गर्दछन् । दशैं, तिहारमा घर आउन नपाएका जिल्ला बाहिर रहेका ब्यापारी, कर्मचारी तथा विद्यार्थीहरु समेत यो मेलामा आउने गर्दछन् ।

जिल्लामा रहेको एक पर्यटकीयस्थलका रुपमा रहेको डिग्रे शाइकुमारी मेलामा भाकल गरेकाहरुले बोकाको बली दिने गर्दछन् । सिद्ध साइकुमारी मन्दिरको नामले चिनिने सो मन्दिरको दर्शन गरेमा आफुले चाहेको र सोचेको पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।