१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


डा. गोविन्द केसी दशौं अनशनमा, यस्ता छन् माग


0
Shares

काठमाडौं, कात्तिक २८ । त्रिभुवन विश्वविद्यालयले वरिष्ठता मिचेर चिकित्शा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा डिन नियुक्त गरेको भन्दै डा. गोविन्द केसी आइतबारदेखि अनसनमा बसेका छन् ।

चिकित्सा शिक्षामा सुधार लगायतका माग उठाउँदै पटक–पटक अनसन बस्दै आएका डा. केसीको यो दशौं अनसन हो । आइतबार अपरान्ह त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा. केसीले त्रिविले वरिष्ठता मिचेर डा केशवप्रसाद सिंहलाई डिन बनाएको भन्दै तत्काल सच्याउन माग गरे । एक बर्षदेखि खाली रहेको आइओएमको डिनमा त्रिविले डा. सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो । डा. केसीले ब्यक्तिको कुरा नभएको भन्दै प्रणाली बसाल्नुपर्ने बताए ।

डिन नियुक्तिमा चलखेल गरेको भन्दै डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियालाई तत्काल बर्खास्त गरी शैक्षिक अपराधमा कारबाही गर्न पनि माग गरेका छन् ।

यस्तै अघिल्ला बर्ष झैं यस बर्ष पनि एमबिबिएस र बिडीएसमा उपत्यकाभित्र ३५ लाख र उपत्ययका बाहिर साढे ३८ लाख रुपैयाँ तथा बिडिएसका लागि २० लाख लिने व्यवस्था गर्नुपर्ने, आइओएम पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्ने सम्झौता तुरुन्त कार्यान्वयन गर्न पनि डा. केसीले सरकारको ध्यानाकर्षण गराएका छन् ।