१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


एक वर्षअघि बेपत्ता भएको अल्ट्रालाइट विमान अन्नपूर्ण हिमालको फेदीमा फेला


0
Shares

पोखरा, कात्तिक २८ । एक वर्ष अघि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमान माछापुच्छे र अन्नपूर्ण हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

अल्ट्रालाइटका पाइलट र त्यसमा सवार पर्यटकको पनि मृत्यु भएको छ ।

२०७२ असोज २१ गतेदेखि बेपत्ता विमान टुक्रा-टुक्रा अवस्थामा भेटिएको पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनाराण श्रेष्ठले जानकारी दिए ।

अल्ट्रालाइटमा सवार दुई जनाको हाडखोर मात्रै भेटिएको छ । दुबै जनाको हाडखोर आइतबार हेलिकप्टरबाट पोखरा ल्याइएको छ ।

पोखरा अल्ट्रालाइट कम्पनीको कल साइन ९ एनएएलआइको उक्त जहाजमा ५० वर्षीय रसियन पाइलट भ्यालोरी बुप्टीनले र दक्षिण अफ्रिकाकी एलिजावेथ वेल सवार थिए ।