Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्राविधिक कारणले नेप्सेको कारोबारमा समस्या, समय थप गरेर कारोबार


0
Shares

काठमाडौं, चैत १३ । प्राविधिक कारणले बुधबार नेप्सेको कारोबारमा समस्या आयो ।

थापाथलीमा रहेको ‘डेटा हब’मा समस्या आएको र त्यसको समधान भएपछि नेप्सेले समय थप गरेर कारोबार गराएको थियो ।

नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फुयाँलले थापाथलीमा रहेको डेटा हबमा समस्या आएको र नेप्सेलगायत केही अन्य संस्थाको कारोबारमा पनि समस्या देखिएको जानकारी दिएका हुन् ।

समस्या समाधान भएपछि बुधबार साँझ ६ बजेसम्म कारोबार समय थप गरिएको थियो ।

यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले सकारात्मक रहेर ११ सय ४२ कायम भयो ।

यसदिन कारोबार भएकामध्ये आधाभन्दा बढी समूह हरियो रहेसँगै नेप्से धनात्मक रहेको हो ।

निर्जीवन बिमा, उत्पादनमूलक, जलविद्युत् र अन्य समूह रातो रहेबाहेक अरु समूह हरियो रहे ।

यसदिन कारोबारमा भने केही सुधार आयो ।

नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका २२ लाख २६ हजार कित्ता सेयर ४९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।