Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कुखुरा फार्ममा आगलागी, १५ लाखभन्दा बढीको क्षति


0
Shares

सुनसरी, मंसिर ३ । सुनसरीको भरौल–३मा दलबहादुर राईको कुखुरा फार्ममा विहीबार विद्युत सर्ट भइ आगलागी भएको छ ।

राती ११ बजेतिर फारमको विद्युत सर्ट भइ अचानक लागेको आगोले फार्ममा रहेका ३०० वटा चल्ला जलेर मरेका छन् भने टिनको छानो भएको एकतले भन्साघर, त्यसभित्र रहेको सम्पूर्ण सामान समेत जल्दा १५ लाख ८० हजार बराबरको क्षति भएको बताइएको छ ।

आगलागी प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Skip This