२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


३७ वर्ष बित्यो, अझै शहिद घोषणा भएनन् यी १६ जना (भिडियो)


0
Shares

कविराज घिमिरे
धनकुटा, मंसिर ३ । धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लामा भएको किसान आन्दोलनका क्रममा १६ ब्यक्ति मारिएको ३७ वर्ष पूरा भएको छ ।

३७ वर्षको अवधिमा सरकारले सयौं ब्यक्तिलाई सहिद घोषणा गरे पनि सो आन्दोलनका क्रममा मारिएका ब्यक्ति भने हालसम्म सहिदको सूचीमा अटाउन सकेका छैनन् ।

सहिद घोषणाको माग गर्दै स्थानीयले पटकपटक सरकार तथा विभिन्न राजनीतिक दलको ध्यानाकर्षण समेत गराइसकेका छन् । तर अहिलेसम्म स्थानीयका आवाजलाई न त राजनीतिक दलले सुनेका छन्, न त सरकारले नै ।

२०३६ सालमा प्रजातन्त्र प्राप्तिका लागि धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लामा निकै ठूलो संघर्ष भयो । कात्तिक २४ देखि २९ गतेसम्म भएको संघर्षमा स्थानीय १६ ब्यक्तिको मृत्यु भएको हो । पञ्चायती ब्यवस्था बिरुद्ध आवाज उठाएको भन्दै तत्कालिन सरकारको निर्देशनमा सेना र प्रहरीले सो क्षेत्रलाई घेरा हाली कसैलाई गोली हानेर, कसैलाई भिरबाट लडाएर त कसैलाई तमोर नदीमा डुबाएर मारिएको थियो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्