२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


धार्मिक तथा शैक्षिक महोत्सवबाट तीन करोड रुपैयाँ संकलन


0
Shares

म्याग्दी, मंसिर ३ । म्याग्दीको बेनीस्थित म्याग्दी बहुमखी क्याम्पसमा गरिएको धार्मिक तथा शैक्षिक महोत्सवमा झन्डै तीन करोड रुपैयाँ संकलन भएको छ ।

स्नातकोत्तर तह र प्राविधिक शिक्षालय सञ्चालन सहयोगार्थ गरिएको महोत्सवमा जिन्सीबाहेक २ करोड ७८ लाख ४९ हजार ३०२ रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

‘१०१ टेक्निकल प्राविधिक शिक्षालय एवं एक प्रदेश एक प्राविधिक विश्वविद्यालय’को संकल्पमा आधारित रहेर महायज्ञ गरिएको थियो ।

महायज्ञमा प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले धार्मिक तथा शैक्षिकलगायतका विषयमा कथावाचन र प्रवचन दिएका थिए ।