
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, मंसिर ३ । पाँचथरमा फाल्गुनन्द गाउँपालिका कायम राख्न र अखन्ड रानीटारको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच शुक्रबार झडप हुँदा दुई प्रहरीसहित सातजना घाइते भएका छन् ।
सदरमुकाम फिदिममा झडप हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रर्दशनकारीको ढुंगा प्रहारबाट जिविसका निमित्त स्थानीय विकास अधिकारी भानु बराल र इन्जिनियर प्रेमचन्द्र गौतमको कार्यकक्षको सिसासमेत फुटेको जनाइएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति पाँचथरले दुईओटा खाकामध्ये एउटामा १० ओटा गाविसलाई समेटेर फाल्गुनन्द नगरपालिका तोकेकोमा त्यस क्षेत्रका स्थानिय आक्रोशित बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्