
फाइल फोटो
काठमाडौं, मंसिर ३ । कामपा–३५ बानेश्वर, तीनकुनेमा बा३ख २०५६ नम्बरको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि निजामती अस्पताल मीनभवन लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजतलास गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्