
काठमाडौं, मंसिर ५ । संसदको अर्थ र विकास समितिले काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेको छ ।
आइतबार संयुक्त बैठक बोलाएर समितिले यी दुवै आयोजनामा भईरहेको प्रगति र अप्ठ्याराहरुबारे छलफल गरेको हो । समितिले यी दुवै राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्रताकासाथ अघि बढाउन र आवश्यक सम्मन्वयका लागि अन्य मन्त्रालयहरुको समेत ध्यानाकर्षण गराएको छ ।
सरकारले बजेटमार्फत स्वदेशी लगानीमै फास्ट ट्रयाक निर्माण गर्ने घोषण गरेपछि कार्यान्वयनका लागि आवश्यक अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । बैठकमा सो समितिको प्रतिवेदन आएलगत्तै काम थालिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए ।
यस्तै संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम अघि बढ्न लागेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्