
काठमाडौं, मंसिर ५ । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन शिक्षा सम्वन्धी नयाँ नियमावली ल्याउने भएको छ ।
आइतबार राजधानीमा अपाङ्ग महासंघले गरेको बहिरामैत्री शिक्षा विषयक गोष्ठीमा शिक्षा राज्यमन्त्री धनमाया विक खनालले अपाङ्गता भएकाहरुको गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन सरोकारवालाहरुसँग छलफल भइरहेको जानकारी दिइन् ।
नेपालमा कुल ४ लाखको संख्यामा बहिराहरु रहेको तथ्याङ्क सार्वजनिक गर्दै महासंघले राजनीतिक अधिकारमा बहिरा नागरिकको पहुँच बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्