
भोजपुर, मंसिर ५ । भोजपुर सदरमुकामको भोटेचोकमा आगलागी हुँदा १५ वटा घर जलेका छन् ।
दिउँसो ४ बजेपछि स्थानीय सुन चाँंदी पसलमा बिद्युत सर्ट भएर लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि एक्साभेटरको सहयोगले छेउछाउको घर भत्काउन सुरु गरिएको छ ।
आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्