काठमाडौं, मंसिर ७ । युवा संघ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावनाविपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् ।
दुई संगठनले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे ।
संघका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभइ विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाए ।
‘हिन्दीलाई राष्ट्रिय भाषा र अंगीकृत नागरिकलाई उच्च पदमा पु¥याउनका लागि संशोधनको प्रयास गरिँदैछ’–उनले भने–‘संशोधन राष्ट्र हितविपरीत हुँदैछ । त्यो हामीलाई मान्य हुँदैन ।’
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले ‘संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा अन्योल छ’–भनिन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाए । रासस









प्रतिक्रिया दिनुहोस्