
काठमाडौं, चैत १२ । देशभर यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ ।
आइतबार चैत १० गतेदेखि सुरु भएको परीक्षा यही चैत २१ गतेसम्म चल्नेछ ।
यसअघि, कक्षा–१० को पढाइ सकाएपछि लिइने परीक्षालाई एसएलसी भनिन्थ्यो । जसलाई विद्यालय शिक्षाको गेटसम्म मानिन्थ्यो ।
तर, पछिल्लोपटक सरकारले १०+२ अर्थात् ‘प्लस टू’सम्मलाई विद्यालय शिक्षा बनाएपछि भने १० कक्षाका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने गरेका छन् ।
यो परीक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्लस टू अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीले आफ्नै वा अरु कुनै विद्यालयमा प्लस टू अध्ययन गर्न सक्नेछन् ।
यसरी समेटियो प्रश्नपत्रमा ईमेज अवार्ड
प्रतिक्रिया दिनुहोस्