
काभ्रे, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
देश विकासको साँचो युवा–विद्यार्थीको हातमा रहेको भन्दै प्रधानमन्त्री दाहालले आफूहरु क्रमशः जीवनको उत्तरार्धतिर लम्केकाले युवा–विद्यार्थीलाई आफूले आर्जन गरेको सीप देश विकासमा लगाउन आह्वान गरेका हुन् ।
मंगलबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ‘देश विकासको मूलआधार शिक्षा भएकाले शिक्षित जनशक्ति नै देश विकासको आधार हुन्’–भने ।
शिक्षाको उद्देश्य जनताको जीवनस्तर सुधार्ने हुनुपर्ने भन्दै उनले दुःख र पीडामा परेकाहरुप्रति विश्वास जगाउनु आजको आवश्यकता भएको उल्लेख गरे ।
दीक्षान्त समारोहमा १३ सय ७७ विद्यार्थी दीक्षित गरिएका छन् । जसमा एक सयजना विदेशी विद्यार्थी छन् ।
दीक्षित हुनेमा एमबीबीएस, बीडीएस, बीएससी नर्सिंङ, बीएनएस, बीपीटीका विद्यार्थीहरु छन् ।
एमबीबीएसतर्फ ८२ दशमलव ८१ प्रतिशत अंक ल्याएर उत्कृष्ट बनेकी लुम्बिनी मेडिकल कलेज पाल्पाकी प्रनिता राजभण्डारीलाई भाइस चान्सलर स्वर्णपदकबाट पुरस्कृत पनि गरियो ।
प्रतिक्रिया दिनुहोस्