Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मधेस मधेसी मोर्चाकोमात्र होइन : रावल


0
Shares

काठमाडौं, मंसिर ७ । नेकपा एमालेले संविधान संशोधनमा नसघाउने अडान फेरि राखेको छ ।

संशोधन केका लागि ? भन्ने पुष्टि नगर्दासम्म एमाले संशोधनको पक्षमा उभिन नसक्ने एमालेले जनाएको हो ।

एमाले उपाध्यक्ष भीम रावलले मंगलबार ‘इमेज संवाद’का लागि कुरा गर्दै मुलुक विखन्डन हुनसक्ने र समग्रमा जनताको अहित गर्ने संशोधनका पक्षमा एमाले लाग्न नसक्ने प्रस्ट गरेका हुन् ।

मधेस मधेसी मोर्चाकोमात्र नभएको भन्दै रावलले संसदमा मधेसी दलकाभन्दा आफूहरुको प्रतिनिधित्व बढी रहेको तथ्यलाई नजरअन्दाज नगर्न चेतावनी पनि दिए ।

मधेसी मोर्चाका मागलाई सम्बोधन गरी संविधान कार्यान्वयनमा लैजाने भन्दै सरकारले संशोधन प्रस्ताव ल्याउन लागेपनि एमालेले विरोध गरेको छ ।

स्वयं मधेसी दलका नेताहरुले पनि चारबुँदे संशोधनबाट समाधान ननिस्कने भन्दै समर्थन गर्न नसक्ने अभिव्यक्ति दिइरहेका छन् ।

यस्तोमा सरकारी पक्षले ल्याउने भनेको संशोधनको प्रस्तावको भविष्य के हुने भन्ने अन्योल नै रहेको छ ।

 

Skip This