२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


भोजपुरका आगोलागीपीडितलाई सरकारले राहत दिने : प्रधानमन्त्री


0
Shares

भोजपुर, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुर सदरमकामका आगोलागीपीडितलाई सरकारले दिने राहत र पुनःस्थापनका लागि तत्काल पहल थाल्ने आश्वासन दिएका छन् ।

मंगलबार ताप्लेजुङबाट भोजपुर पुगेका प्रधानमन्त्री दाहालले गत आइतबार आगोलागीबाट भएको क्षतिको अनुगमन गर्दै पीडित परिवारलाई राहत दिने आश्वासन दिएका हुन् ।

उनले आगोलागी पीडितका लागि राहतको प्याकेज बनाएर गृह मन्त्रलयमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिए ।