Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘मधेसी मोर्चासँग छलफल गरेर संशोधन प्रस्ताव तयार पारिने’


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेस संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेसी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संविधान संशोधनका विषयलाई मूर्तरुप दिने विषयमा छलफल भएको थियो ।

बैठकबारे जानकारी दिँदै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग र अन्य सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने विषयमा छलफल भएको बताए ।

संशोधनको विषयमलाई अझ मूर्तरुप दिनका लागि सबै राजनीतिक दलसँग छलफल गर्ने विषयमा पार्टीमा छलफल भएको नेता पौडेलले उल्लेख गरे ।

संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेपछि सत्तारुढ दलले राजनीतिक संवादलाई तीव्र बनाएका छन् ।

बैठकबारे कांग्रेस महामन्त्री विमलेन्द्र निधिले संविधान संशोधनका विषयमा बुधबार (भोलि) प्रधानमन्त्री पुष्पकमल दाहालसँग मधेसी मोर्चा र सरकारमा सामेल अन्य दलसँग छलफल गरेर संशोधनको प्रस्ताव तयार पार्ने बताए ।

संशोधनका वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भइरहेको उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले उल्लेख गरे ।

त्यसैगरी, कांग्रेसका नेता अर्जुननरसिंह केसीले सीमांकन, भाषा, नागरिता र राष्ट्रियसभाको प्रतिनिधित्वलगायतका विषयमा छलफल भएको बताए ।

एमाले र मधेसी मोर्चासँग छलफल गरेर यस विषयमा निष्कर्षमा पुगिने जानकारी दिँदै उनले पाँच नम्बर प्रदेशको सीमांकनका विषयमा त्यहाँकै जनप्रतिनिधिका विषयमा कुरा गरेर अगाडि बढ्ने बताए ।

उनले भने–‘अंगीकृत नागरिकलाई मुलुकको सर्वोच्च पद दिने कुरो कुनै हालतमा स्वीकार्न सकिँदैन ।’ रासस

Skip This