Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचथरबासी आन्दोलित


0
Shares

फिदिम, मंसिर ८ । पाँचथरको हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि पाँचथर पावर कम्पनीसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

परियोजना सञ्चालनका क्रममा भएका लिखित र मौखिक सम्झौतामध्ये अधिकांश पूरा नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

स्थानीयले हाइड्रो सञ्चालन गर्नका लागि बनेको कम्पनीको विधान सार्वजनिक गर्नुपर्ने, स्थानीयका लागि तत्काल शेयर निस्कासन गर्नुपर्ने, प्रभावित क्षेत्र याङनामको विद्युत् व्यवस्थापन गर्नुपर्ने, खानेपानी, सिंचाई कुलोको व्यवस्था गरिदिनुपर्ने लगायतका १५ बुँदे माग अघि सारेका छन् ।

मागहरु बेवास्ता गरे कडा आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ । १४ दशमलव ५ मेगावाट क्षमताको यो परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।