Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपाल–जापान हवाई सेवा संचालनमा निजी क्षेत्रबाट पहल सुरु


0
Shares

काठमाडौं । काठमाडौं र जापानबीच सिधा हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्रबाट समेत पहल शुरु भएको छ ।

दुई मुलुकबीच हवाई सेवा सञ्चालनसम्बन्धी सम्झौताका लागि जापानको नारिता विमानस्थलका उपप्रमुख कोजी ताकाहासी नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार डा.राजन भट्टराईले दुई मुलुकबीच सिधा हवाई सेवा सञ्चालन भए नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने बताए ।

सिधा हवाइ सेवाबाट पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने एस.जी प्रोजेक्ट नेपाल–जापानका अध्यक्ष कर्पु शेर्पाले बताए ।

नेपाल र जापानबीच विगतमा सिधा हवाई उडान सञ्चालन भएपनि हाल अवरुद्ध छ ।