Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


स्टक एक्सचेञ्जको कार्यालयमा धर्नामा उत्रिएकाहरु पक्राउ


0
Shares

काठमाडौं, चैत १२ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

समूहका प्रतिनिधिले भोक हड्तालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति (रासस)को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो । 

सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

उनले आफ्ना मागका बारेमा सम्बन्धित निकायमा गएर वार्ता गर्न वा शान्तिबाटिकामा गएर शान्तिपूर्ण धर्ना बस्न सकिने बताए ।

समूहका प्रतिनिधि तिलक कोइरालाले पूँजी बजारलाई विशेष क्षेत्र तोकी प्राथमिकता दिनेलगायत विगतमा भएको सहमति अर्थ मन्त्रालयबाट कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताए । (रासस)

 

Skip This