Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


थ्रेसहोल्ड नराख्न माग गर्दैै २५ दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र


0
Shares

काठमाडौं, मंसिर ९ । संसदमा प्रतिनिधित्व गर्ने २५ वटा साना दलले निर्वाचनमा थ्रेसहोल्डसम्बन्धी व्यवस्था नगर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

साना दलका प्रतिनिधिहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले थ्रेसहोल्डको व्यवस्था नगर्न माग गरेका छन् ।

उनीहरुले साना दलहरुलाई पनि ठूला दलसरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिकसम्बन्धी विधेयकमा व्यवस्था गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र अन्य दलहरुसँग पनि छलफल गर्ने आश्वासन दिएका छन् ।

Skip This