४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


युद्धका आधार इलाकालाई पर्यटकीय गन्तब्य बनाउने उपराष्ट्रपतिको इच्छा


0
Shares

काठमाडौं, मंसिर ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले सशस्त्र युद्धका बेला माओवादीका आधार इलाका तथा शान्ति प्रक्रियाको क्रममा तत्कालीन राज्य र राजनीतिक दलसँग माओवादीले वार्ता गरेका स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार संघ–नाटोजले बिहीबार उपराष्ट्रपति कार्यालयमा गरेको कार्यक्रममा उनले वार्ता स्थलहरुलाई राजनीतिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धारणा राखे ।

त्यस अवसरमा पर्यटन क्षेत्रमार्फत् भूकम्पपछिको पूर्ननिर्माणमा योगदान पुर्‍याएबापत पत्रकारहरु राजु सिलवाल र नारायण उपाध्याय तथा पर्यटन व्यवसायीहरु मोहन लम्साल, बोधराज भण्डारीलगायतलाई सम्मान गरिएको थियो ।